काठमाण्डाै – अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा नेपालको व्यापार घाटा १७ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा गएको आर्थिक वर्षमा झन्डै पाँच खर्ब रुपैयाँले बढेर व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
गएकाे आर्थिक वर्षमा कुल २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने दुई खर्ब १२ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ ...