कुखुरापालन व्यवसाय सञ्चालन गर्दै कटुवाल

चैनपुर–१० खराङका दुर्गाबहादुर कटुवाल यतिबेला निक्कै व्यस्त छन् । साँझ–बिहान सञ्चारकर्मी र बाँकी समय कुखुरापालन व्यवसाय सञ्चालन गरेर उनले मासिक ५० हजारको आम्दानी गर्छन् दुई जना छोराछोरीका बुवा दुर्गा बिहान सबेरै उठ्छन् र कुखुरा व्यवसायमा तल्लिन रहन्छन् । फाल्टो समय कुखुरा व्यवसाय सञ्चालन गर्नका साथै उनि स्थानीय अरुण एफएममा समेत काम गर्छन् । सिँचाइ सुविधा नभएका कारण खेतबारी बाँझै भएको र स्थानीय एफएमबाट आएको आम्दानीले मात्र परिवार पाल्न धौ–धौ भएपछि दुई वर्ष अघिदेखि बिकल्पका रूपमा उनले कुखुरापालन व्यवसाय सुरु गरेका हुन् ।

सम्बन्धित सामग्री

कुखुरापालनबाट मनग्य आम्दानी

संखुवासभा चैनपुर–१० खराङ्गका दुर्गाबहादुर कटुवाल पछिल्लो समय निकै व्यस्त छन् । दुई छोराछोरीका बुवा दुर्गा बिहान सवेरै उठ्छन् र कुखुरा व्यवसायमा तल्लिन हुन्छन् । साँझ बिहान सञ्चारकर्मी र बाँकी समय कुखुरापालन व्यवसाय सञ्चालन गरेर उनले मासिक ५० हजार रूपैयाँ आम्दानी गर्ने गरेका छन् ।