गौतम घोषका तीन सिनेमा, जसले मभित्रको दर्शक बदले

सानो छँदा मेरो सिकाइ सिनेमा विरोधी थियो । शनिबार नेपाल टिभीबाट आउने हिन्दी सिनेमा हेर्न अघोषित प्रतिबन्ध थियो । पढ्न प्रोत्साहित गर्नुहुने बुवा सिनेमा भने बन्देज गर्नुहुन्थ्यो । किन हेर्नु क्षणिक मनोरञ्जन, सस्तो फर्मूला फिल्म ! यस्तै प्रश्न गर्नुहुन्थ्यो । त्यो खासमा प्रश्न होइन, सिनेमाबारे उहाँको निर्णय थियो । घरमा टन्नै किताब थिए, टिभी थिएन […]