कोभिडको तथ्याङ्क साझा गर्न चीनसँग डब्लूएचओको माग

सङ्क्रमण बढेसँगै चीनले आफ्नो देशको कोभिडको तथ्याङ्क साझा गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले माग गरेको छ । जिरो कोभिड नीति अन्तरगत चीनमा लगाइएको कडा नियमहरू खुकुलो बनाएसँगै केही हप्ता यता देशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । विश्वभरका देशहरूले चीनका यात्रुहरूमाथि कडाइ सुरु गरेको छ ।डब्लूएचओले चीनलाई अस्पतालमा रहेका, आईसीयूमा रहेका र मृत्यु भएका सङ्क्रमितको तथ्याङ्क माग गरेको हो । डब्लूएचओले खोप लगाएको तथ्याङ्क पनि जारी गर्नुपर्ने भनेको छ । सङ्क्रमण पुनः फैलिने डरले