चोयाबाट बनेको भकारी बिक्री गर्न धादिङदेखि तनहुँ पुगेका बृद्ध दम्पती

बाँसको चोयाबाट निर्मित भकारी बिक्रीको लागि तनहुँको व्यासनगरपालिका–१० स्थित बैरेनी गाउँमा आएका व्यापारी थकाई मार्दै दम्पती । धादिङ घर बताउने ती दम्पती धान थन्काउने सिजनमा भकारी बिक्री गर्न गाउँगाउँ डुल्ने गरेका हुन् । प्रति भकारी रु दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म बिक्री गर्ने गरेको उनीहरु बताउँछन् । तस्वीर : सानेबहादुर नेपाली, रासस