काठमाडौँ,६ पुष । काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ । महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस […]
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका कांग्रेसका रिजाल नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्। रिजालले ४ हजार १९ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलाधरले ३ हजार ३१० मत […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को अध्यक्षमा नेपाली काँग्रेसका ख्यामराज तिवारी विजयी भएका छन्। काँग्रेसका तिवारी तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे। तिवारी यसअघि पनि सोही वडाका अध्यक्ष थिए। वडा सदस्यमा पनि सबै काँग्रेसका उम्मेदवार विजयी भएका […]
काठमाडौँ महानगरपालिका–८ मा नेपाली काँग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलसहित विजयी भएका छन् । सङ्गतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् । सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् ।त्यसैगरी सदस्यमा काँग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ काँग्रेसकी सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानक
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर-२ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल विजयी भएको छ। अध्यक्षमा विजयी श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार सूर्य लामा महर्जनले ९२७ मत प्राप्त गरेका छन्।
काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेबाट पाँच वर्षअघि वडा अध्यक्षमा निर्वाचित श्रेष्ठ सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालको हातबाट टिका तथा खादा लगाएर समाजवादी प्रवेश गरेका हुन्। यसअघि महानगरका दुईजना वडा अध्यक्षले समाजवादीको पक्षमा सनाखत गरेका थिए।
काठमाडौँ– काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ। काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो। साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर […]