काठमाण्डाै – नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य बढेर आएको भन्दै गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले हिजो डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो । पेट्रोल, हवाइ इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । पेट्रोल अहिले लिटरको १८१ रुपैयाँ, हवाइ इन्...