भारत विधान सभा चुनाव - ५ राज्यमा कसकाे सरकार बन्दै छ ?

भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । उत्तर प्रदेश, पन्जाब, मणिपुर, गोवा र उत्तराखण्डमा अहिले मतगणना चलिरहेको हो । यी पाँच राज्यको विधान सभा चुनावको नतिजा अबको केही घण्टामा आउने भारतीय सञ्चारमाध्मयले जनाएका छन् । अहिलेसम्मको गणनामा उत्तर प्रदेश, उत्तराखण्ड, गाेवा र मणिपुरमा सत्तारुढ भारतीय जनाता पार्टी (बीजेपी) को सरकार बन्ने देखिएको छ । पन्जाबमा भने आम आदमी पार्टीले भारी बहुमतका साथ सरकार बन्ने देखिएको छ । भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बना...