विदेशमा रहेका युवाद्वारा गाउँपालिकालाई एम्बुलेन्स सहयोग

ललितपुर :  बागमती गाउँपालिकाको गिम्दी स्वास्थ्य चौकीलाई गिम्दी प्रवासी युवा समाजले एम्बुलेन्स सहयोग गरेको छ। ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी घरभई विभिन्न देशमा रहेर काम गरिरहेका युवाहरुले रकम संकलन गरेर एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई सहयोग गरेका हुन्।ललितपुरको दुर्गम गाउँमा जन्मेर प्रवास पुगेका नेपालीहरूले गाउँलेलाई स्वास्थ्य उपचारमा सहयोग पुग्ने उद्देश्यले एम्बुलेन्स खरिद अभियान सञ्चालन भएको प्रवासी युवा समाजका नेपाल प्रतिनिधि एवं गिम्दी स्वास्थ्य चौकीका सिनियर अहेव कमल ब

सम्बन्धित सामग्री

वैदेशिक राेजगारीमा गएका युवाको सहयोगमा एम्बुलेन्स

कैलाली – रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ मा रहेकाे धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस् भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गर...