नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखयताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ ।बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्दे