काठमाडौं : नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन्। सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अगाडि बढाउने तयारी गरेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालको पराराष्ट्र नीतिमा गम्भीर खालको विचलन देखा परेको आरोप लगाएका हुन्। उनले भने, ‘एसपिपी हामीले अनिर्णित राखेका थियौँ। सुरक्षा नीतिमा कस्तो असर गर्छ भन्ने अध्ययन गर्न होल्डमा राखेको विषय अहिले सरकार परिवर्तन हुनासाथ अगाडि बढाउन मिल्छ