युुभेन्टस्का स्टार पोर्चुगिज विंगर क्रिष्ट्रियानो रोनाल्डो पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने चर्चा चलेको धेरै भयो । फुटबलसम्बन्धी वेवसाइट टुट्टोस्पोर्टका अनुसार अहिले रोनाल्डोले युभेन्टस् छाड्ने विषयमा सोचिरहेका छन् । र, पिएसजीसँगै पूर्व क्लब म्यानचेस्टर युनाइटेड उनको आगामी गन्तव्य बन्नसक्छ । च्याम्पियन्स लिगमा छनोट हुन युुभेन्टस् असफल भएमा रोनाल्डोले यस्तो निर्णय लिनसक्ने समाचारमा उल्लेख छ । इटालियन सिरिएमा शीर्ष चारको दौड निकै प्रतिस्पर्धात्मक देखिएको छ । उपाधि दौडमा इन्टर मिलान अन्य सबै क