सरकारले बर्खास्त गरेका कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक तुुलसीप्रसाद गौतमले गुण्डागर्दी गरेको आरोप लगाउँदै नेपाल वित्तीय कर्मचारी संघले आपत्ति जनाएको छ ।भदौ ३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गरेको थियो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले उनलाई २०७५ असोज ७ गते कोष प्रशासकमा नियुक्त गरेको थियो ।२०७६ जेठ १५ गते अवकाश पाएका गौतम त्यसपछि कोषका प्रशासक बन्न अयोग्य भएका थिए । अवकाश पाएसँगै कोषको प्रशासक हुन संचयकर्ता कर्मचारी हुनुपर्ने मापदण्डबाट उनी बाहिरिएका थिए ।तर,