बागलुङमा चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुनेको संख्या ७० पुग्यो

एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए । उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, न