मिलेनियम च्यालेन्स एकाउन्ट (एमसीए) नेपालले नुवाकोटमा ४०० केभी नयाँ रातामाटे सबस्टेसन निर्माणसम्बन्धी ठेक्का भारतीय कम्पनी टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङलाई दिएको छ । उक्त ४०० केभी ग्यास इन्सुलेटेड स्विच गिएर (जीआईएस) सबस्टेसन ३९ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको हो ।