होटल व्यवसायलाई टिकाइराख्न बजेटमार्फत सम्बोधन गरिदिन माग

काठमाडौं : होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन्। अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गरे।सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए। अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेटमा

सम्बन्धित सामग्री

सीमावर्ती नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग

वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारीसाधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमाक्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारीसाधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारीसाधनको आवतजावत रोकेको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन । सिमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालित होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने । सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवसायीको भनाइ छ । कार्यक्रममा वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए । ‘बन्दाबन्दी र निषेधाज्ञाका बेला पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमाक्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीसाधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ,’ प्रमुख सरावगीले भने, ‘सिमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ । डेढ वर्षदेखि सिमानाबाट सवारी बन्द हुँदा सीमाक्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सिमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सिमानाबाट सवारीसाधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन उनले माग गरे । सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको उनले बताए । भारतीय पर्यटक सिमानामा गाडी थन्क्याएर पैदल हिँड्दै दुःख पाउन नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश–२ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने विहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोरोना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ उनले भने । अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिस आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रञ्जेश श्रेष्ठको भनाइ छ । होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्रसिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे । होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । पैदल हिँड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारीसाधनको आवागमनले जोखिम घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्बना बनेको व्यवसायीको गुनासो छ । सीमाक्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए । व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायत नियमित खर्चको भार बढिरहेको र कतिपय यस क्षेत्रबाटै पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।

वीरगञ्जका होटल व्यवसायीको प्रश्न : कोरोना मानिसबाट फैलिन्छ कि गाडीबाट ?

भदौ ३१, वीरगञ्ज   । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारी साधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारी साधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताए ।  होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमा क्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारी साधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् ।  सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारी साधनको आवतजावत रोकको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन ।  सीमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जमा अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सीमानाबाट मानिसको आवागमन निर्वाध रुपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारी साधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने ।  सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवासीहरूको भनाइ छ ।  कार्यक्रममा भिडियोमार्फत वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए । ‘बन्दाबन्दी र निषेधाज्ञाको बेलामा पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमा क्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीका साधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ’, प्रमुख सरावगीले भने, ‘सीमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ । डेढ वर्षदेखि सीमानाबाट सवारी बन्द हुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सीमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सीमानाबाट सवारी साधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन रुंगटाले माग गरे ।  सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको सभापति द्विवेदी बताउँछन् ।  भारतीय पर्यटक सीमानामा गाडी थन्क्याएर पैदल हिड्दै दुःख पाउनका लागि नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने भारनको बिहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोराना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ लाठले भने ।  अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिसहरू आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रन्जेश श्रेष्ठको भनाइ छ ।  होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे । सीमावर्ती क्षेत्रमा  खुलेका ८० प्रतिशत होटलका ग्राहक भारतीय नै रहेकाले गाडी आउजाउमा लगाइएको प्रतिबन्ध तत्काल खोल्नुपर्ने संघका उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।  होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । सवारी आवागमन नहुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको कार्कीको भनाइ थियो ।  पैदल हिड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारी साधनको आवागमनले जोखि घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्वना बनेको व्यवसायीको गुनासो छ ।  सीमा क्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए ।  व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायतका नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ ।

होटल व्यवसाय टिकाइराख्न बजेटमा विशेष व्यवस्था गर्न माग

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । कोरोनाको दोस्रो लहरले होटल व्यवसाय सञ्चालनमा अन्योलता भएको र व्यवसाय टिकाउन सरकारले बजेटमार्फत विशेष सम्बोधन गर्नुपर्ने उनले बताए । उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए । अहिले केही […]