आर्या फर्माल्याबको सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

आर्या फर्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटका बाढी तथा विपद् प्रभावित नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।कम्पनीका अनुसार भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको शिविरबाट कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गरिएको थियो। […]