काठमाडौं : कोभिड-१९ को महामारी शिथिल हुँदै जाँदा सुस्ताएको कोरोनाविरुद्धको खोप प्रति पुनः आकर्षण बढ्दै गएको छ। केही समय अघिदेखि कम हुँदै गएको खोप लगाउनेको संख्या छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि वृद्धि हुन थालेको छ। एक साता पहिले कोरोना विरुद्धको खोप लगाउनेको दैनिक संख्या करिब ५० हजार थिए। त्यो संख्या वृद्धि भएर शुक्रबारसम्ममा दुई लाख नाघेको छ। कोभिड १९ को दैनिक संक्रमण संख्या कम हुँदै जाँदा खोप लगाउन आउनेको संख्या न्युन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोज र खोप