काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रूपैयाँ तोकिएको छ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ता शुल्क तोकेको हो। यसअघि ४१ हजार रूपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रूपैयाँ बढाइएको समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिए।मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ। उम्मेदवारमाथि दाबी विरोधका लागि मंगलबार नै बिह