काठमाडौँ : नेपालगञ्जका सन्तोष रावल मंगलबार काठमाडौँ आइपुगे। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट उनले शिक्षाशास्त्र संकायबाट स्नातक उत्तीर्ण भएपछि ट्रान्सक्रिप्ट लिन आएका हुन्।उनी बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे। उनको दुई घण्टा समय लाइन बसेरै बित्यो।थाहाकर्मी बल्खु पुग्दा उनी बैंकको भौचर भरिरहेका भेटिए। ‘यहाँ त सेवा लिन नै नसकिने रहेछ। २ घण्टाभन्दा बढी मेरो समय लाइनमै बित्यो,ट्रान्सक्रिप्टका लागि अब बैंकमा भौचर बुझाउँदै छु। अब