ग्रामीण क्षेत्रमा घट्दै गइरहेको श्रमयोग्य जनशक्ति अभाव कम गर्न दक्षिण कोरियाले यो वर्षको अक्टोबरबाट क्षेत्र–विशेष भिसाअन्तर्गत विदेशी श्रमिक माग गर्ने भएको छ ।तीव्र गतिमा घट्दै गएको जनसंख्याका कारण श्रमिक अभावको सामना गरिरहेका ग्रामीण क्षेत्रहरूमा बसोबास गर्न विदेशी श्रमिकलाई आकर्षित गर्ने योजना कोरियाले बनाएको हो ।यो नयाँ भिसा श्रेणीअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने दक्ष कामदारहरूलाई स्थानीय […]