सन् २०२० संसारका लागि त्रासको वर्ष भयो । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विश्व नै अकल्पनीय सङ्कटमा प¥यो । सन् २०२१ भने त्रास र आशाको वर्ष हुने लक्षण देखिएको छ । बेलायत, अफ्रिका तथा ब्राजिलमा देखिएका नयाँ प्रजातिका कोरोना भाइरसको कारण अहिले सम्पूर्ण युरोप, अमेरिका, क्यानडा, जापानलगायत देश सङ्कटमा फसेका छन् ।