काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। असई महतोमाथि आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप छ। […]