सवारीको पार्किङको विषयमा काठमाडौँ महानगरपालिकासँग विवाद हुँदा बागबजारका व्यवसायीहरूले पसल नै बन्द गरेर विरोध गरेका छन् । काठमाडौँ महानगरले मोटरसाइकल पार्किङ गरेर राख्न नदिएपछि व्यापारीहरूले तत्कालै वैकल्पिक व्यवस्था गर्न माग गर्दै विरोध गरेका हुन् ।महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्कीको नेतृत्वमा करिब १५० जना व्यवसायीहरू सडकमा उत्रेर नाराबाजी समेत गरेका थिए । आन्दोलनका आगामी कार्यक्रम तय गर्न भोलि ११ बजे बैठक बस्ने गरी आजको विरोध कार्यक्रम समापन गरिएको छ ।