विद्युतीय बाइक बनाउनु भएका कैलालीको गोदावरी नगरपालिका–५ का पारस साउदलाई धनगढीको एसपीए कलेजले सम्मान गरेको छ । बाइक बनाएर लाखौं युवाका प्रेरणा बनेको भन्दै कदरस्वरुप कलेजले शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रका महत्त्वपूर्ण आधारहरूमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको शुरूदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो कमी आयो । आर्थिक सूचकहरू नकारात्मक हुँदै जाँदा बजारमा समस्या देखा पर्यो । तरलताको अभाव, मूल्य वृद्धि, उत्पादनमा कमी, व्यापारघाटा बढ्दै जानु, रोजगारी सृजना गर्न नसक्नु, पर्यटन व्यवसाय सुस्ताउनुजस्ता कारणले थप समस्या सृजना भएको छ । उत्पादन घट्नुको कारणमा युवा विदेशिनु पनि एक हो ।
विप्रेषण कम हुनु र त्यसलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्नुले अपेक्षित लाभ लिन सकेका छैनौं । हाम्रो कृषि निर्वाहमुखी र परम्परागत हुँदा अपेक्षित फाइदा लिन सकिएको छैन । कृषिलाई सम्मानित र मर्यादित बनाउन नसक्दा थप समस्या सृजना भएको देखिन्छ । कृषि प्रधान देशमा मासिक करोडौंको खाद्यान्न आयात गरिरहेका छौं । कृषिलाई व्यवस्थित, व्यावसायिक, सम्मानित र मर्यादित बनाउने हो भने सर्वत्र सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि राज्यले विशेष ध्यान दिनुपर्छ । विशेष नीति र योजनाका साथ प्रभावकारी कदम चाल्न आवश्यक हुन्छ ।
पर्यटन व्यवसायमा पनि कोरोना प्रभावले थलिएको थियो जुन अब केही सुधारको बाटोमा जाँदै छ । हामीले पर्यटकको चाहनाअनुसारको सेवासुविधा प्रदान गर्न सकिरहेका छैनौं ।
हाम्रो अर्थतन्त्र जोखिमको बाटोमा गएकाले यसलाई रोक्न सरकारले २ दिन बिदा दिने, जोरबिजोर सवारीसाधन चलाउने, नयाँ सवारीसाधन किन्न हाललाई रोक्नेजस्ता उपायहरू अवलम्बन गर्न लागेको छ ।
रोजगारी भएमा मात्र आर्थिक वृद्धि र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । रोजगारीका अवसर सृजना गर्न सकेका छैनांै । ठूलो संख्यामा रोजगारी दिन सकिने भनेको उद्योग नै हो । तर, हामीले उद्योग स्थापना गर्नेतर्फ खासै ध्यान दिन सकेका छैनौं । १ दशक अगाडिसम्म हेटौंडा कपडा उद्योग नाफामा चलेको उद्योग थियो । आज त्यो बन्द भएको छ । त्यसै गरी डाल्डा घ्यू उद्योग, साबुन उद्योगलगायत उद्योग बन्द भएका छन् । नयाँ उद्योग स्थापना गर्नुपर्नेमा भएका उद्योगसमेत बन्द हुँदा यसलाई पुन: स्थापना गर्ने काम तदारुकताका साथ गर्नुपर्ने देखिन्छ ।
आज रोजगारीका लागि दैनिक १ हजार ५ सयदेखि १ हजार ७ सय युवा जनशक्ति विदेशिने गरेको तथ्यांकले देखाउँछ । रोजगारीका लागि महत्त्वपूर्ण क्षेत्र भनेको उद्योग नै हो । यदि इच्छाशक्ति हुने हो भने उद्योग स्थापना गर्न नसकिने पनि होइन । उद्योगमा लगानी गर्न सञ्चय कोष, नागरिक लगानी कोष, सेनाको कोषलगायत विभिन्न स्रोत जुटाउन सकिन्छ । हाम्रा नेता तथा देशका सञ्चालकहरूमा त्यो दृढता पनि पाइँदैन ।
हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गरेर त्यहाँबाट उत्पादित कपडा कर्मचारी, सेना, शिक्षक आदिले प्रयोग गर्ने हो भने निश्चित रूपमा नाफामा जान्छ । भृकुटी कागज कारखाना पुन: सञ्चालन गरेर त्यसबाट उत्पादित कागज सबै सरकारी कार्यालयले प्रयोग गर्ने हो भने सहजै नाफामा चलाउन सकिन्छ ।
देशमा कृषिमा आबद्ध हुनेहरूको संख्या क्रमश: घट्दै छ । यसर्थ युवालाई कृषिमा आकर्षण गर्न यसलाई व्यावसायिक, सम्मानित र मर्यादित बनाउने दिशामा काम गर्नुपर्ने देखिन्छ । कृषिका समस्या समाधानमा समेत विशेष ध्यान दिनुपर्ने खाँचो छ । कृषि ऋण सहजै नपाउनु, बजारको व्यवस्था नहुनु, भण्डारणको व्यवस्था नहुनु, उत्पादनले उचित मूल्य नपाउनु, रासायनिक मल नपाउनु, उन्नत जातको बीउ नपाउनुजस्ता दर्जनौं समस्या यस क्षेत्रमा छन्, यसको समाधान खोज्नु आवश्यक छ ।
हाल देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ । विप्रेषण बढाउने प्रभावकारी उपाय र तरलता अभाव कम गर्ने तरीका खोजी गर्नुपर्छ । देशमै उत्पादन बढाउन विशेष पहल गर्नु आवश्यक छ । पूँजीगत खर्च गर्न नसक्दा थप समस्या देखिएको छ, जसलाई समाधान गर्न विकासका कार्यलाई जोड दिनुपर्छ । विकास खर्च आर्थिक वर्षको अन्तिममा गर्ने जुन प्रवृत्ति छ, त्यसको अन्त्य गर्नुपर्छ । हाम्रो कमजोर अर्थतन्त्रलाई बलियो बनाउन सरोकारवाला सबै गम्भीर हुन जरुरी छ ।
सरकारले आर्थिक सुशासन कायम राख्न विशेष चासोका साथ काम गर्नुपर्छ । अनावश्यक खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । मितव्ययी बनेर राज्यको ढुकुटी बलियो बनाउनुपर्छ । स्थानीय तहमा जथाभावी खर्च गर्ने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्छ । वडा अध्यक्षदेखि सदस्यहरूले समेत गाडी किन्ने, महँगा बाइक प्रयोग गर्ने, नागरिकलाई जथाभावी करको भारी बोकाउनेजस्ता कार्य बन्द गर्नुपर्छ । करोडको सवारीसाधन १/२ लाखमा मर्मत गरेर चलाउन छाडेर पुन: नयाँ किनेर कमिशन तथा सुविधाभोगी बन्ने गलत शैली देखिन्छ, त्यसको पनि अन्त्य गरिनुपर्छ ।
नागरिकले तिरेको करको सही उपयोग हुने वातावरण बनाउनुपर्छ । महँगीले आम नागरिकलाई ठूलो समस्या परिरहेको छ । बजार नियन्त्रण गर्ने प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्छ । बजारको अनुगमन फितलो हुँदा उपभोक्ता मारमा परिरहेका छन् ।
कमजोर अर्थतन्त्रलाई बलियो बनाउन हरेक उपायको अवलम्बन गर्नुपर्छ । सुशासन, मितव्ययिता, पारदर्शिता, आर्थिक अनुशासनजस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ । अझै पनि समय बितिसकेको छैन । बेलैमा सजग भएर अगाडि बढ्ने हो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ ।
लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।
विद्युतीय टिगोर बन्यो ग्राहकहरूको पहिलो रोजाइ काठमाडौं, ९ चैत्र । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो। जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो। […]
काठमाडौं (अस) । टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर ईभी) ‘भ्युअर्स च्वाइस ईभी अफ द इअर’ उपाधिबाट सम्मानित भएको छ । उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो । जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्त अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको हो ।
गाडीको बाहिरी, आन्तरिक र सुरक्षा विशेषताका कारण विद्युतीय टिगोर ग्राहकमाझ लोकप्रिय रहेको कम्पनीले बताएको छ । विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ । वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ मध्ये १२ अंक पाएको हो भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ मध्ये ३७.२४ अंक पाएको छ ।
विद्युतीय टिगोर २६ किलोवाटको लिक्विड–कुल्ड र उच्च ऊर्जा घनत्व ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसमा भएको आइपी–६७ रेटेड ब्याट्री प्याकले गर्दा गाडीलाई जुनसुकै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
विद्युतीय टिगोरमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसबाहेक ब्याट्रीलाई १५ एएमपी प्लग अर्थात् घर वा कार्यालयमा हुने चार्जिङ पोर्टबाट पनि सजिलै चार्ज गर्न सकिन्छ । विद्युतीय टिगोरलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । यसमा ३१६ लिटरको बुट स्पेस रहेको छ ।
विद्युतीय टिगोर डेटोन ग्रे र टिल ब्लू (नीलो) गरी दुई रंग विकल्पमा उपलब्ध छ । विद्युतीय टिगोरले एक पटकको पूरा चार्जमा ३०६ किलोमिटरसम्मको माइलेज दिन्छ । विद्युतीय टिगोरमा ७ इन्चको हर्मान इन्फोटेनमेन्ट टचस्क्रिन, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता छन् ।
विद्युतीय टिगोरमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता सुविधा छन् । भारतीय बजारमा विद्युतीय टिगोरको मूल्य १२ लाख २४ हजारदेखि १३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । टिगोर इभीएक्सई, एक्सएम र एक्सजेड प्लस गरी तीन वटा ट्रिममा उपलब्ध छन् । नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।
टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो । सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको थियो । विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ भने वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक
काठमाडौं (अस) । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दी इअर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर१२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थामा स्थिरताका लागि परिचित छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो ।
आईएमओटीवाई उपाधि छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए ।
इन्डिया टुडे उल्लिखित लेखद्वारा निर्णायक मण्डलीका सदस्यको विशेषज्ञताले प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित छ ।
‘टीभीएस रेडरलाई प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा गौरवान्वित छौं । यसका श्रेय समग्र टीभीएस मोटर्सको टिमलगायत टीभीएस रेडारलाई माया गर्ने समग्र उपभोक्तालाई दिन चाहन्छौं’, अवार्ड कार्यक्रममा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने । हरेक वर्ष भारतीय बजारमा अनेक बाइक सार्वजनिक हुन्छन् । यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पारेको हो ।
उत्पत्तिको स्थान अन्यत्र भए पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकल भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य थियो । उपाधि विजेता घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो । निष्पक्ष र पारदर्शी प्रणालीले आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रूपमा लिने गरिएको छ । अत्याधुनिक फिचर रहेको टीभीएस रेडर नेपालमा पनि ग्राहक रोजाइमा पर्दै आएको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बताएको छ ।
टीभीएस रेडर१२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता छन् । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघन्टाको गति ५.९ सेकेन्डमा प्राप्तगर्ने क्षमता बोकेको छ ।