बलिउड अभिनेत्री कट्रिना कैफ निकै लामो समयदेखि आफ्नो विवाहका कारण चर्चामा छाइरहेकी छिन् । कट्रिना कैफ र विक्की कौशल निकै लामो समयदेखि एक–अर्कालाई डेट गरिरहेको बताइन्छ । उनीहरु यसै वर्ष डिसेम्बरमा विवाह गर्न लागेको चर्चा व्यापक छ । मिडिया रिपोर्ट अनुसार कट्रिना कैफ र विक्की कौशलको विवाह राजस्थानमा हुँदैछ र यसका लागि तयारी जोडतोडका साथ अघि बढिरहेको छ ।कट्रिना कैफका प्रशंसक आखिर उनीहरुले किन विवाहबारे मुख खोलिरहेका छैनन् भनेर दङ्ग छन् । भारतीय सञ्चार माध्यम बलिउडलाइफको एक खबरलाई विश्वास