११ प्याकेजमध्ये दुईओटा मात्रै ठेक्का व्यवस्थापन

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न हुने भनिएको बहुप्रतीक्षित काठमाडौं–तराई दु्रतमार्ग (फास्टट्र्याक) आयोजनाका अधिकांश ठेक्का व्यवस्थापन हुन सकेका छैनन् । उक्त आयोजनाका ११ प्याकेजमध्ये हालसम्म जम्मा दुईओटा मात्रै ठेक्का सम्झौता भई अध्ययन तथा डिजाइनको काम अघि बढाइएको छ, भने बाँकी अझै प्रक्रियामै रहेका छन् । कुल ७२ दशमलव ५ किलोमिटर (किमी)को दु्रतमार्गलाई विभिन्न ११ ओटा प्याकेजमा विभाजन गरेर नेपाली सेनाले निर्माणको व्यवस्थापन गर्दै आएको छ । त्यसमध्ये हालसम्म १ र २ प्याकेज अर्थात् सुरुङमार्ग र विशेष खालका पुल निर्माणका लागि दुईओटा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । यी संरचनाको डिजाइनसहित निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लि. र पोली च्यान्दा इन्जिनीयरिङ कम्पनीसँग ठेक्का सम्झौता भएको हो । यी दुई कम्पनीबाहेक सेनाले साउन ३१ गते प्याकेज नम्बर ३ र ५ को ठेक्काका लागि अन्तरराष्ट्रिय बोलपत्र आ≈वान गरिसकेको छ । ४५ दिने सूचनाबमोजिम भदौ २८ गते यी प्याकेजका लागि प्रि–बिड बैठक सम्पन्न भइसकेको छ । यी प्याकेजको कात्तिकसम्ममा काम सम्पन्न गरी मूल्यांकन कार्य अघि बढाउने सेनाको तयारी छ । प्याकेज ४ को लागि भने बोलपत्र आह्वान गर्न अन्तरराष्ट्रिय परामर्शदाताद्वारा बोलपत्रको आवश्यक कागजात तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको प्याकेज ६ र ७ (लेनडाँडा–राजदमार) र प्याकेज ८ (सिस्नेरी–महादेवटार खण्ड)को लागि बोलपत्रको तयारी भइरहेको सेनाको भनाइ छ । जेठमा ठेक्का सम्झौता भएका दुई चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर नेपाल आइसकेका छन् । आयोजनास्थलमा गएर क्याम्प स्थापना गरी सर्वेदेखि, जियोटेक्निकल, जियोफिजिकल अनुसन्धान, ड्रिलिङ गरी डिजाइनको काम शुरू गरिसकेका छन् । प्रवक्ता पौडेलले ६ महीनाको म्यादअनुसार कात्तिकको अन्तिमसम्ममा ती कम्पनीले डिजाइन बुझाउने जानकारी दिए । त्यसलगत्तै ती कम्पनीले द्रुतमार्गमा पर्ने ती सुरुङमार्ग र विशेष पुलसँगै जोडिएको सडक खण्ड पनि निर्माण शुरू गर्नेछन् । इन्जिनीयरिङ, प्रोक्युरमेन्ट कन्स्ट्रक्शन (ईपीसी) मोडलमा ठेक्का सम्झौता भएअनुसार ती दुई कम्पनीले नै ३ वर्षको अवधिमा यी संरचना निर्माण गर्नेछन् । नेपाली कम्पनीहरूले राजदमारदेखि खोकनासम्मको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरिरहेका छन् । यी कम्पनीले मङ्सिरसम्ममा प्रतिवेदन बुझाउने कार्यादेश पाएका छन् । दु्रतमार्गको खोकना खण्डमा देखिएको विवाद भने आगामी वैशाखसम्ममा समाधान हुने सेनाको विश्वास छ । ‘वैशाखसम्ममा खोकनाको जग्गा विवाद समाधान भएमा त्यहाँ पनि बोलपत्र आह्वान गर्नेछौं,’ पौडेलले भने, ‘यो विवाद समाधानका लागि राष्ट्रिय योजना आयोगका अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ, यसमा सरोकारवालासँग छलफल भइरहेकोले छिटै विवाद निरूपण हुने अपेक्षा हो ।’ अहिले निजगढदेखि निर्माण हुँदै र बोलपत्रको गरिएको तर खोकनामै आएर रोकिन सम्भव नहुने भएकाले पनि यो विवाद समाधान हुने अपेक्षामा सेना छ । निजगढबाट बनाउँदै ल्याउँदा जग्गा विवाद समाधानका लागि ‘कुलिङ पिरियड’ हुने भएकाले उक्त खण्डबाट काम गर्दै आएको सेना सम्बद्ध एक अधिकारीले जानकारी दिए । त्यस समयसम्ममा जग्गा विवाद समाधान हुने रणनीति लिइएको र वैशाखसम्ममा समाधान हुने विश्वास रहेको ती अधिकारीले बताए । सेनाले २०८१ सम्ममा नै द्रुतमार्ग तयार भइसक्ने दाबी गर्दै आएको छ । चालू आर्थिक वर्ष २०७८/७९ भित्र नै सबै प्याकेजको बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरिसक्ने लक्ष्य भने सेनाले राखेको छ । ३ वर्षको अवधिमा द्रुतमार्गका जटिल भनिएका संरचनाहरू सुरुङमार्ग र विशेष खाले पुल बनिसक्ने आधार तय भएको प्रवक्ता पौडेलले बताए । ‘यो वर्ष सबै प्याकेजको बोलपत्र आह्वान गरेर ठेक्का लगाउन सकिएमा त्यसपछि भनेको निर्माण मात्रै हुने हो,’ उनले भने, ‘समयमा ठेक्का लागेका र निर्माण कम्पनीले दायित्वअनुसार काम गरे भने समयमै आयोजना सम्पन्न हुने बलियो आधार यो वर्ष तयार हुन्छ ।’ २०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने भन्दै जिम्मेवारी दिएको थियो । तर, आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै स्वीकृत हुन २०७६ भदौसम्म कुर्नुपरेको थियो । सेनाका अनुसार आयोजनाको हालसम्मको कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत पुगेको छ ।

सम्बन्धित सामग्री

अघि बढेन एमसिसीको नयाँ ठेक्का प्रक्रिया

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) प्रसारण लाइन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको दुई महिना बितिसक्दासमेत अझै नयाँ ठेक्का प्रक्रिया अघि बढेको छैन।...

खोलामा भीमदत्त नपाकाे रोयल्टी ठेक्का

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौतर्फी आलोचनापछि महाकाली नदीबाहेक अन्य खोलानालाको नदीजन्य पदार्थ संकलनमा (रोयल्टी) ठेक्का लगाउने भएको छ । भीमदत्त नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले चालु आर्थिक वर्षका लागि ठेक्का लगाउने निर्णय गरेको हो । महाकाली नदीसहित खोलानालामा ठेक्का लगाउन नसकेपछि अहिले नदीजन्य पदार्थ उत्खननमा भने रोक लगाइएको छ । त्यसैगरी महाकाली नदीमा ठेक्का नगरी […]

११ कम्पनीसँगकाे ठेक्का रद्द हुँदै

नेपाल विद्युत प्राधिरणले ११ निर्माण व्यवसायी कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने तयारी गरेको छ । विभिन्न आयोजना निर्माण गर्ने ठेक्का लिएर सम्झौता बमोजिम समयमै कार्य सम्पन्न नगरेपछि त्यस्ता ठेकेदार कम्पनीको ठेक्का रद्द गर्ने तयारी गरेको हो । नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अन्तर्गतको डोटी वितरण केन्द्रले विभिन्न आयोजना निर्माणका लागि दिएका ११ वटा ठेक्का […]

समयभित्रै काम नगर्ने १० ठेकेदारसँगको ठेक्का तोडियो

सडक डिभिजन कार्यालय चन्द्रानिगाहपुरले चालु आर्थिक वर्षमा ठेक्का सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ । ठेक्का सम्झौता गरेर सडक तथा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीविरुद्ध कठोर हुँदै ठेक्का तोडेको हो। कार्यालयले ठेक्का तोडेका...

एमसीसीद्वारा ठेक्का आह्वान

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले विद्युत् प्रसारण लाइन निर्माण ठेक्का आह्वान गरेको छ । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त अनुदान र नेपाल सरकारको संयुक्त लगानीमा प्रसारणलाइन निर्माण परियोजना तीन चरणमा अघि बढाउनेगरी ठेक्का आह्वान भएको हो । परियोजना थाल्न एमसीएले सोमबार लप्सीफेदी–रातमाटे–बुटवल प्रसारणलाइन निर्माणका लागि तीन चरणमा ठेक्का निकालेको […]

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पूर्वी जाजरकोट र डोल्पामा विद्युतीकरण गर

कारबाही पर्ने डरले अर्बौंका ठेक्का रद्द

काठमाडौं, चैत २१। नेपालमा ठेक्का र कमिसन एकअर्काका परिपूरकजस्तै छन् । जहाँ ठेक्का लगाइन्छ त्यहाँ लाखौं करोडौंको कमिसन आउँछ । त्यसैले केन्द्रीय सरकारका मन्त्री, सचिव, सहसचिव तथा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा विभिन्न विकासे कार्यालयका कार्यालय प्रमुख ठेक्का लगाउने कार्यमा मरिहत्ते गर्छन् । ठेक्का पूरा गराएर विकासका कार्य सम्पन्न गर्ने विषयभन्दा ठेक्का लगाउँदा आउने लाखौं, […]

अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं पटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले […]

अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

काठमाडौं, फागुन २७ । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औंपटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले […]

गृहमन्त्री र निर्माण ठेक्का

ठेक्का लिएर सम्पन्न नगर्ने, अग्रिम पेश्की रकम लिएर दुरूपयोग गर्ने, काम लथालिङ्ग छाडी जनतालाई सास्ती दिने र फेरि ठेक्का थप्दै जाने प्रवृत्ति नेपाली निर्माण व्यवसायीहरूमा मौलाउँदै गएको रोग हो साथै सरकारले तोड्न नसकेको माखे साङ्लो हो। यसबाट नेपालको निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ भने यसैको आडमा सम्हाल्नै गाह्रो हुने गरी विकृति पनि मौलाएको छ । फलस्वरुप, ठेक्का व्यवस्थापन करारका शर्तहरूको आधारमा गर्ने स्थितिभन्दा बाहिर पुगेको र निर्माण व्यवसायीहरूलाई कारवाहीको दायरामा ल्याउने भनी राज्यका संय