काठमाडौं। नेपालगञ्जको ‘भ्यू होटल सिद्धार्थ’ले ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ प्राप्त गरेको छ । सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतको भ्यू होटल सिद्धार्थलाई मिटिङ तथा कन्फेरेन्स व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै यो अवार्ड दिएको बताइएको छ ।
यो अवार्ड पर्यटन र हस्पिटालिटीको क्षेत्रमा उत्कृष्ट योगदान दिने दक्षिण एशियाका विभिन्न ६ राष्ट्रका व्यवसायी मध्येबाट छनोट गरेर दिइँदै आएको छ । अवार्ड वितरण कार्यक्रममा होटलका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपाने, कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर नृपेश श्रेष्ठ र विक्री क्लस्टर तथा मार्केटिङ म्यानेजर नवीन भट्ट सहभागी थिए । २०६५ सालदेखि चारतारे होटलको मान्यता पाएको होटलले ११ सय जना क्षमताका सुविधा सम्पन्न ६ ओटा मिटिङ तथा कम्फेरेन्स हलमार्फत सेवा दिँदै आएको बताइएको छ ।