सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर नै गर्नु