काठमाडौं : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईले बुधबार प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन्। पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रह अनुसार मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको हो।&nb