टेलिकमले ल्यायो भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक, कति पर्छ मूल्य ?

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबारदेखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध हुनेछ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)

सम्बन्धित सामग्री

टेलिकमले ल्यायो आकर्षक अफर, अब २६५ रुपैयाँ तिरेर ५०० मिनेट कुरा गर्न सकिने

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने गरी आकर्षक प्याकेजको घोषणा गरेको छ । नयाँ व्यवस्था अनुसार टेलिकमले जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने गरी प्रिपेडमा २८ दिनको प्याक ल्याएको छ ।  जसको मूल्य रु. २६५ तय गरिएको छ । यस्तै  १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।  यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्