काठमाडौं : लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशका विभिन्न स्थानमा शुक्रबार बिहान मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसदविद् मञ्जु वासीका अनुसार बाँके र यसका आसपासका जिल्ला र गण्डकीमा भारी वर्षा हुनका साथै बाँकी सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो काठमाडौं उपत्यकामा केही समय भारी वर्षा हुने महाशाखाको अनुमान छ। दिउँसो देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनीमा दिनभर नै भारी वर्षा हुने मौसमविद् वासीले बताइन्