बजेट अभावले कालोपत्रे रोकिँदै

डडेलधुरा चक्रपथ सडकका रूपमा परिचित आइतबजार–कीर्तिपुर खण्ड बजेटको अभावमा कालोपत्रे हुनबाट रोकिने भएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना दैजी–जोगबुडा–चिरकिट्टे–आइतबजार–कीर्तिपुर हुँदै पोखरा–बेलापुर–ढुङ्गाड–देउरा–जौलजीवीलाई मानसरोवर जोड्ने सो सडकखण्डको आइतबजार–कीर्तिपुर खण्ड डडेलधुराको चक्रपथ बनेको छ । अमरगढी नगरपालिका–३ को आइतबजारबाट वडा नं. ४ को हरडी, भलिया र वडा नं. ५ को सेलागाउँका बस्ती जोड्दै कीर्तिपुर बजार भएर महाकाली राजमार्गसँग जोडिने भएकाले यसलाई रिङरोड (चक्रपथ) का रूपमा हेरिएको हो । साढे छ किलोमिटर सडक कालोपत्रे गर्न गत असारमा भ्याटबाहेक १९ करोड रुपियाँ बराबर रकममा ठेक्का सम्झौता भएको थियो । दुई वर्षमा काम