दाङ : जिल्लामा प्रत्येक वर्ष लागूऔषध सम्बन्धी मुद्दाहरू बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तीन आर्थिक वर्षको हालसम्म १५० वटा मुद्दा दर्ता भएका छन्, भने २९९ जना व्यक्ति पक्राउ परेका छन्। जस मध्य ०७७-७८ मा ३९ वटा मुद्दा दर्ता भएका थिए, भने सबै फर्छ्यौट भएका छन्। जसमा ८२ जना व्यक्तिहरू लागूऔषध मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओलीले बताए।यस्तै, ०७८- ७९ मा ५९ वटा मुद्दा दर्ता भएकोमा ५८ वटा मुद्दाहरू फर्छ्यौट भएको उनको भ