भारतकी लिजेण्ड मिथाली राजद्वारा सन्यास घोषणा

भारतीय महिला क्रिकेट टिमकी लिजेण्ड मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेकी छन् । २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको मिथालीले बुधबार सामाजिक संजालबाट घोषणा गरेकी हुन् ।३९ वर्षीय मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् ।‘तपाईहरुको माया र समर्थनको लागि धन्यवाद ! म तपाईको आशीर्वाद र समर्थनको साथ मेरो दोस्रो इनिङक

सम्बन्धित सामग्री

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा

१६ पुस, काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् । आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् । उनले वानडे विश्वकको बेला नै […]

बेलद्वारा सन्यास घोषणा

काठमाडौँ । ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । बेलले सामाजिक सञ्जालबाट सन्यासको घोषणा गरेका हुन्

बेन्जिमाद्धारा सन्यास घोषणा

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ ख

अर्जेन्टिनी स्टार हिगुइनले गरे सन्यास घोषणा

अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

फेडेररद्वारा सन्यास घोषणा

टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्वीस  टेनिस स्टार फेडेररले बिहीबार यसै महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।४१ वर्षीय फेडेरर २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् ।फेरेडरले आफूले लामो समय टेनिसमा बिताएपनि अब भने खेल जीवनबाट सन्यास लिने बताएका छन् ।  मैले २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ । टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई

फिन्चद्वारा एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा

अट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । फिन्चको अन्तिम खेल न्युजिल्यान्डविरुद्धको तेस्रो एकदिवसीय हुनेछ । त्यसपछि उनले सन्यास लिनेछन् ।फिन्चले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने कप्तानी गर्नेछन् । यसअघि टी–ट्वान्टी विश्वपका लागि अष्ट्रेलियाले फिन्चको कप्तानीमा टिम घोषणा गरिसकेको छ । ३६ वर्षीय फिन्च फिन्च एकदिवसीयमा अष्ट्रेलियाका लागि सर्वाधिक शतक बनाउने चौंथो खेलाडी हुन् । उनले १७ शतक बनाएका छन् ।उनले न्युजिल्यान्डविरुद्ध १४६ औं एकदिव

रैनाद्वारा सन्यास घोषणा

भारतीय क्रिकेट खेलाडी सुरेश रैनाले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका छन् । यसअघि सन् २०२१ मा पूर्व कप्तान महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका उनले अहिले सबै खाले क्रिकेट फर्म्याटबाट सन्यास घोषणा गरेका हुन् ।अब रैनाले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि नखेल्ने भएका छन् । गत सिजन उनलाई आईपीएलका कुनै पनि टोलीले किनेका थिएनन् । ‘मेरो देश र राज्य यूपीको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि खुसिको कुरा हो । क्रिकेटका सबै  फर्म्याटबाट  सन्यास

कोलिनद्वारा सन्यास घोषणा

न्युजिल्यान्डका खेलाडी कोलिन डी ग्रान्डहोम अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अलराउन्डर कोलिनले न्युजिल्यान्ड क्रिकेटसँग छलफल गरेर सन्यास घोषणा गरेको जनाइएको छ ।३६ वर्षीय कोलिनले न्युजिल्यान्डका लागि २९ टेस्ट, ४५ एकदिवसीय र ४१ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कोलिनले सन् २०१२ मा न्युजिल्यान्डका लागि डेब्यु गरेका थिए ।

टोटेहमका पूर्व मिडफिल्डर डेम्बेलेद्धारा सन्यास घोषणा

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परका बेल्जियन पूर्व मिडफिल्डर मौउसा डेम्बेलेले व्यावसायिक खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । ३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । २०१२ देखि झन्डै ७ सिजन टोटेनहममा बिताएका डेम्वेले सन् २०१९ मा ११ मिलियन पाउन्डमा चिनिया सुपर लिग क्लब गोन्जाउ सिटी पुगेका […]

डी ककद्वारा टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौं, १६ पुस । दक्षिण अफ्रीकाका पूर्व कप्तान क्विन्टन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले अचानक टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् । घर परिवारलाई थप समय दिन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिएको बताइएको छ । २९ वर्षीय डी कक विकेटकिपर ब्याट्सम्यान हुन् । उनले २०१४ मा अष्ट्रेलियाविरुद्ध […]