परिणिती चोपडा र राघव चड्ढाले आज विवाह गर्दै, शनिबार गरियो संगीत समारोह

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दैछिन् । उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् । संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । […]