नेपाली काँग्रेस निकट जनसम्पर्क समिति पोल्याण्डले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्दारमा जुटेको छ । समितिका सभापति भीम परियारले युक्रेनबाट पोल्याण्डको सीमाना मेडेका पुगेका नेपालीलाई राजधानी वार्सातर्फ लगेका थिए ।परियारले सीमामा पुगेका नेपालीलाई मंगलबार अपरान्ह राजधानी वार्सातर्फ बसमा लिएर गएका थिए । अहिलेसम्म युक्रेनमा रहेका २ सय ३२ जना नेपाली पोल्याण्ड पुगेका छन् । काँग्रेसको केन्द्रीय कार्यालयले पनि विदेशस्थिति जनसम्पर्क समितिलाई नेपालीको उद्दारमा जुट्न निर्देशन दिएको थियो ।नेपाल