सहिद स्मारक ‘बी’ डिभिजन : बिहीबारका खेल बराबरीमा सकिए

सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा श्री कुमारी क्लब र रानी पोखरी कर्नर टिम (आरसीटी) तथा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले  बराबरी खेलेका छन् ।  ललितपुरस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा श्री कुमारी र आरसीटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबले गोल रहित बराबरी खेलेका हुन ।अघिल्ला दुई खेलमा बराबरी खेलेको कुमारीले बिहीबार स्पष्ट जितका लागि मैदान उत्रिए पनि लक्ष्य पू