मिटर ब्याजबारे अहिलेसम्म पाँच वटा जिल्लामा स्थलगत अध्ययन

काठमाण्डाै - मिटर ब्याजबारे स्थलगत अध्ययन थालेको कार्यदलले पाँच वटा जिल्लामा छलफल तथा अन्तरक्रिया गरेको छ । गएको बुधवार नवलपरासी पुगेको टोलीले सुस्ता र प्रतापपुरका नागरिक, स्थानीय प्रशासन, जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासँग छलफल गरी समस्या समाधानका उपायबारे पनि प्रयास थालिएको कार्यदलले जनाएको छ । नवलपरासीसहित सर्लाही, महोत्तरी, धनुषा र सिरहामा छलफल तथा अन्तरक्रिया भएको र टोलीले आज सप्तरीमा पुगेर पीडितसँग छलफल गर्ने गृह मन्त्रालय मातहतको कार्यदलका संयोजक डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ...