विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ। पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्की एमालेका जगदीशप्रसाद कुसियैतभन्दा ५७ मतले मात्रै अगाडि छन्। संचार मन्त्रीसमेत रहेका कार्कीले २७ हजार ४ सय ७४ मत प्राप्त गर्दा कुसियैतले २७ हजार ४ सय १७ मत प्राप्त गरेका छन्। यहाँ ९८ मतको अग्रता हुँदा कांग्रेस उम्मेदवार कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेपछि दुई दिन मतगणना हु