ज्ञानेन्द्र शाहीले प्रचण्डको राजीनामा मागेपछि माओवादी सांसद सापकोटाले भने : प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो

काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा मागेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद शाहीले प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो गम्भीर मुद्दा दर्ता […]