२४ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताएका छन् । बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा सुरक्षाको प्रत्याभूति गरिने बताएका छन् […]