विराटनगर- कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो ।
संकल्प प्रस्...
मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढाल्न गृहकार्य गरिरहेका सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादीले सोमबार प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् ।