कांग्रेसले नयाँ नेतृत्व छनोटका लागि शुक्रबार ११ जिल्लामा निर्वाचन प्रक्रिया सुरु गरेको छ । निर्वाचनबाट जिल्ला सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार ताप्लेजुङ, संखुवासभा, दोलखा, मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, रामेछाप, गोरखा र रुकुम पूर्वमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।