जुम्लाको गुठीचौर गाउँपालिका–३ का ईश्वर बुढाले दुई दिनअघि नेपालन्जदेखि जुम्लाका लागि हवाई यात्रा गर्न तारा एयरको टिकट लिए । उनी सहजै जुम्ला पुग्नेमा ढुक्क थिए तर एयरलाइन्सले एक्कासि निर्धारित उडान स्थगित गरेर जहाज पूर्वतिर गएको जानकारी दियो । बुढा नेपालगन्जमै अलपत्र परे ।