बिहीबार सामाजिक सञ्जालमा नेता रावलले लेख्नुभएको छ, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’
नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले आपत्ति जनाएका हुन् । नेता रावलले ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । बिहीबार सा