एम्बुलेन्सको विरक्त लाग्दो साइरन, हेलिकप्टरको कर्कस आवाज...

'घर आउँदैनस् त छोरा?'   मंगलवार साँझ आमाले फोन गर्दै सोध्नु भयो। उहाँको बोलीमा डर र त्रास दुवै एकसाथ घोलिएको थियो। 'सबै बगाउन लागिसक्यो! बगरका मान्छे पनि माथितिर सर्न थालिसके।' म एकाएक आत्तिएँ। न गाउँ नै बगायो कि! तर नजिकै कुनै खोला छैन। छेउकै खोल्सोले त बगाएन होला नि! आशंकाहरु…