तनहुँ १३ भदौ । समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरी मन्दिरमा पर्यटकको आर्कषण बढ्दै गएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा रहेको छिम्केश्वरी मन्दिर पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको हो । उक्त मन्दिरबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल लगायतका प्राकृतिक मनोरम दृश्य अवलोकन गरी आनन्द लिन सकिन्छ । आँबुखैरेनीबाट लाब्दीसम्म करिब […]