जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जसपाले ओली सरकारविरुद्ध कुनै पनि निर्णय नगर्ने बताएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले मधेशका माग–मुद्दा ओलीले सम्बोधन गरेमा सरकारलाई समर्थन र सहयोग गर्न कुनै अप्ठ्यारो नहुने स्पष्ट गरे ।
उपेन्द्र यादवहरूले पार्टी एकतालाई कमजोर बनाउन षड्यन्त्र गरेको सदस्य झाको आरोप छ । कम्युनिस्ट पार्टी एकताको नाममा नयाँ समाजवादी केन्द्र बनाउने खेलमा लागेर जसपाको एकता कमजोर गर्न लुम्बिनीका सांसदलाई छापामार शैलीमा गरिएको गलत कारवाहीलाई पार्टीले नमान्ने उनी बता...