१९ पुस, काठमाडौं । कीर्तिपुर नगरपालिकाले १५ मंसिरमा मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति स्थापना गरेपछि मच्छिन्द्रनाथका पुजारीहरुले निरन्तर विरोध गरिरहेका छन् । ललितपुरको रातो मच्छिन्द्रनाथको नित्य पूजा गर्ने पुजारीहरुले राष्ट्रपति, पुरातत्व विभाग, ललितपुर महानगरपालिका, गुठी संस्थानमा मंगलबार ज्ञापन पत्र बुझाउँदै कीर्तिपुर नगरपालिकाको कदमको विरोध जनाएका हुन् । मूर्ति स्थापना गरेलगत्तै ह्यगृव भैरवनाथ तथा ३२ पानेजु […]